Monday 23 November 2009

गजल

भोलिको चोट आज ,सहेको राम्रो ।
बीचमा अलि दुरी ,भएको राम्रो ।

सिमाना भन्छ लौन टालन आजै
देखिन्छ कहाँ गाग्रो ,चुहेको राम्रो ।

बाँधेर हात कस्ले भेटायो लक्ष्य ।
नजमी सधैं नदी ,बहेको राम्रो ।

नहोस श्राप कुनै आमाको यस्तो ।
जिउँदै मर्नु भन्दा ,तुहेको राम्रो ।

सम्झेर लेखनाथ दिनेश झस्क्यो ।
फलेको बृक्ष ओहो ! नुहेको राम्रो ।

Friday 13 November 2009

गजल

कुरा बेग्लै थियो रातको ।
आहा साहारा त्यो हातको ।

जिन्दगि जिन्दगि भो बल्ल ।
तिमि भेटिए पश्चातको ।

न हत्तार न ओत होस ।
तब पो मजा बर्षातको ।

बिना पूजा बिना झारफुक ।
कट्यो दशा साँढे सातको ।

कल्पी यस्तै यस्तै दिनेश ।
बिर्सी देऊ कथा घातको ।