Saturday 27 February 2010

गजल

हर तीर मुटु माझ रोपेर पिइरहें ।
माया सम्झी दुख काँध बोकेर पिइरहें ।

दोबाटोमा पुगेपछि देखिन्छ माया के हो !
बढ्नखोज्ने मेरा पाउ रोकेर पिइरहें ।

डराउनु लजाउनु कसको लागि अब ।
बीच बाटो हेर छाती ठोकेर पिइरहें ।

बढ्छु अघि तेर्सिन्छन हजार बाधाहरु ।
हात अनि हस्तरेखा जोखेर पिइरहें ।

एकैनास कहाँ हुन्छ दिनेश बुझी राखे ।
कतै खुले कतै अलि छोपेर पिइरहें ।

Thursday 25 February 2010

गजल

सानो सानो चोटमा दैब भाक्नुको अर्थ ।

बाँचेर के बुझेकै हो त बाँच्नुको अर्थ ।


आँगनमा दोहोरी बैरी खेल्छन मेरो ।

यही त हो आँखामा आँशु नाँच्नुको अर्थ


लुछाचुडी गर्छन सबै छानोमा हाम्रो ।
बुझे होला शिरैमा जून हाँस्नुको अर्थ ।

रङ्गहरु नभाको खोज्छु सुन्दर फूल ।
हो हो यही घरको भित्ता ताछ्नुको अर्थ

गजलमा दिनेश कति भेटिन्छ सुख ।
खुशिनै हो छातिमा हात राख्नुको अर्थ ।