Tuesday 14 September 2010

गजल

बेचेर इमान पकाको छ ।
मेरो पनि भाग लगाको छ ।

अनेक अर्थको हुन्छ बाजा ।
कतै बज्या कतै बजाको छ ।

सल्लाह भाइमा हुन्छ अब ।
छुरी ,डोरी ,गोली मगाको छ ।

खरानी उडाउने हो आऊ ।
मन यता पनि जलाको छ ।

दिनेश गुज्रियो कि यत्तिमै ?
कहिले गाको कहिले आको छ ।

Friday 3 September 2010

गजल

भनिन मैले केहि खास देऊ !!
मेरो छाती जत्रै आकाश देऊ !!

घर हैन मलाई सक्छौ भने !
मुट्ठी जत्रो ठाउमा बास देऊ !!

आँखा त भन्छन सबै सँग छ !
अब कालो छोप्ने प्रकाश देऊ !!

जलेर खरानी भयो यो घर !!
अब देउ हुरी बतास देऊ !!

झर्ला हात बाँधी आकाशबाट !!
माग्छु गाँस बास कपास देऊ !!