Thursday 13 January 2011

गजल

अझै यो आभाष अध्यारोमा छ ।
जे छ खुशी तिम्रो अंगालोमा छ ।

पाइला पिच्छे हुन्छु अग्लिएको ।
हिड्नुको मजा त उकालोमा छ ।

उज्यालोमै छ तेरो बाँकी सास ।
जस्तो धागो बल्दो दियालोमा छ ।

के भर दिनेश ! तँ , तेरो देश ।
बर्षौं सुनें सुध्रिने पालोमा छ ।