Sunday 26 May 2013

गजल

रातमा निदाउने पनि छन ।

सिरानी भिजाउने पनि छन ।

 

टुटेर मन रुनेहरुमा यहाँ ।

रुमाल सिलाउने पनि छन ।



मलाई बिहानीको चाह छैन ।

साँझमा पिलाउने पनि छन ।



जसमा बाँचेको छ याद उन्को

फूलकेही बिझाउने पनि छन ।



उमेर ढल्केहुन्थ्यो सुस्त सँग।

बिचैमा बिलाउने पनि छन ।