Wednesday 15 January 2014

गजल

शत्रुहरुले पनि योगदान सम्झनेछन ।
मृत्युपछि सबैले महान सम्झनेछन ।

हल्लैहल्लामा कागको पछि दौडिनेहरु ।
फर्कनेछन जुनदिन कान सम्झनेछन ।

कोठाको रौनक हराएको कारण खोज्दै ।
कोही फूल कोही फूलदान सम्झनेछन ।

ए लाहुरे कुनैदिन गाउँका ढुंगा पनि ।
तँ सँग ठोक्किनु अपमान सम्झनेछन ।

दिनेशको जस्तै मन दुख्दा उनले पनि ।
कतै आमा कतै भगवान सम्झनेछन ।