Thursday 20 February 2014

गजल

पूरै नहोला अलिअलि, हो बिश्वास लाग्छ ।
बुढापाका भन्थे यो कली, हो बिश्वास लाग्छ ।

कति चम्किएला र  कति उफ्रिएला र अब ।
फूल छउन्जेल  पुतली , हो बिश्वास लाग्छ ।

जिन्दगीलाई इच्छा जस्तै , तेल नहुँदो हो त ।
डढी सकिनेछ सुतली , हो बिश्वास लाग्छ ।

हामी बाँचेकोनै रहेछौं यति हेर्नलाई ।
कुर्सीको अदली- बदली , हो बिश्वास लाग्छ ।

यसरी जोतिनु रहेछ र पो केटाकेटीमै ।
आमाले भन्नुभाथ्यो हली , हो बिश्वास लाग्छ ।