Friday 29 August 2014

गजल

यहाँ भोक भेटियो त्यहाँ भोग भेटियो ।
उल्टो त्यहाँ उपचार यहाँ शोक भेटियो ।

जिन्दगीलाई फर्किएर खोज्दै जाँदा ।
धेरै काँडामा पैतालाको डोब भेटियो ।

हावाले सिकाएथे नाँच्न मलाई तर ।
पातले खस्दै भन्यो हाँगामा बोझ भेटियो ।

खोजी खुशीको थियो दिनेशको पनि  ।
बाँच्दै जाँदा तर धेरै थोक भेटियो ।

Saturday 9 August 2014

गजल

नदी कहिले चैं आफ्नो इच्छाले बगेको छ ?
ओरालो जता जता  उतै बग्नु परेको छ ।

बन्द नहोस ,जुलुश नहोश दैब कतै ।
त्यो बाटो हुँदै भर्खर यो मन गएको छ ।

फ्याँकेर आउन यी खाली बोतलहरु यार ।
लागोस भर्खर त पिउन शुरु भएको छ ।


खाली उल्टो सोच्छ दिनेश सधैंभरि ताकी ।
दुनियाँलाई लागोस अलिकति पढेको छ ।