Sunday 28 February 2016

गजल

जब देखि जुध्यो नज़र म बिरामी छु । 
रमाइलो भो हर प्रहर म बिरामी छु । 

तिम्रै लागि  कुना कुना सजाएर राखें ।  
तिमी अब सम्हाल यो घर म बिरामी छु । 

फूल जस्तै आँगनमा हाँसे लालाबाला ।
रहर माथि अर्को रहर म बिरामी छु । 

सबै तिर खुशियाली सबै हराभरा
छैन खडेरी छैन बग़र म बिरामी छु । 

चाहे होस घुर्की चाहे रिस चाहे झगड़ा । 
मीठो लाग्छ तिम्रो करकर म बिरामी छु ।