छोराको भोक मार्न ,पानी पकाउँदैछन आमाहरु ।
भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु ।
घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे ।
कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु ।
बढेर एउटा बोझ ,बोकेर बिसाउनु छ चिहान ।
कलिलोमै सार्है अमिला , त्यसैले बाँसका तामाहरु ।
खै कस्को भविष्य कसरी उज्वल होला यहाँ ।
ठूला लुट्दै छन देखासिकी गर्दैछन सानाहरु ।
परदेशमा आधिरातको सपनामा रुन्छ दिनेश ।
मझेरिमा भ्यागुत्तो उफ्री ,चुहिन्छन घरका छानाहरु ।
निकै मार्मिक गजल रहेछ ।
ReplyDeleteअर्को कुरा यो ईन्टरफेश ल्याङ्गवेज किन जापनिज राख्नु भएको हो?
कमेण्ट पोष्ट गर्न पनि 'छामछाम-छुमछुम' गरेर अन्दाजमा थीच्नु पर्ने। (धन्न म त चाईनिज पढ्न जान्ने भएकोले अन्दाजै अन्दाजमा 'खान्ची' अलिअली बुझ्छु, अरुलाई त असजिलो होला है)
म पनि लटपटिदै दिनेश् जी को चौतारीको शितल हावासंगै बहकिन आइपुगे । ब्लग राम्रो लाग्यो । अझै प्रगतिको कामना गर्न चाहन्छु । अनि दिलिप जी ले भनेझै भाषाको कारणले मपनि अल्झिए धेरै बेर । कता छिर्नु छिर्नु हुदै प्रतिकृया सम्म त आइपुगेछु ।नेपाली या अंग्रेजीमा भए अलि सजिलो हुन्थ्यो की?
ReplyDeleteदिलिप जी , सिकारु जी,
ReplyDeleteयस ब्लगमा तपाईहरुलाई हार्दिक स्वागत छ । तपाईहरुले भने जस्तै मैले हिन्दी भाषामा परिवर्तन गरेको छु । अगाडिका दिनहरुमा पनि सल्लाह सुझाब को अपेक्षा गरेको छु ।
यो गजल अरु भन्दा अली मौलिक रहेछ।
ReplyDeleteदिनेशजी,
ReplyDeleteतपाईंका कबिताले सिधै ओपेन हर्ट सर्जरी गर्दा रहेछन । एकदम मन पर्यो मलाई । अझै लेख्दै जानु होला । शुभकामना ।