बिदाइ को घडा राखेको प्रहर याद आयो ।
दुनियाँ देखेपछी बल्ल घर याद आयो ।
जहाँ पनि देखियो बल्दै आगो हुरहुरी ।
घरको मक्किएको काठ ,खर याद आयो ।
उपचार छन नि गर्ने हिम्मत पो छैन ।
ज्युदै मर्ने देखेर जहर याद आयो ।
टुटेपछी हत्केला हात मिलायो कस्ले ?
दुनियाको दुख उठाउने रहर याद आयो ।
एक गाँसको लागी शिर झुकेपछी ।
आमाले खुवाउन गरेको कर याद आयो ।
वाह! वाह!! दिनेशजीले साह्रै मिठो गजल चखाउनुभयो!
ReplyDeleteएक गाँसको लागी शिर झुकेपछी ।
आमाले खुवाउन गरेको कर याद आयो ।
babaal....
ReplyDeleteधन्यबाद बसन्त जी , मिलन जी तपाईंलाई यस ब्लग मा स्वागत छ ।
ReplyDelete