मेरो आफ्नै आकाश हुनुपर्छ आजबाट ।
केही कुरा त खास हुनुपर्छ आजबाट ।
हराएथ्यो जिन्दगी बालुवामा पानीजस्तै ।
म हुनुको आभाष हुनुपर्छ आजबाट ।
दैब तेरो भरमा पाखुरीले छोड्यो धर्म ।
थोरै देबत्व नास हुनुपर्छ आजबाट ।
बल छल मा नझुकेको सत्य-तथ्य लेखिएको ।
नबीन ईतिहास हुनुपर्छ आजबाट ।
जे-जे बित्यो सकियो आऊ अब यस्तो सोचौं ।
काँडासँग सुवास हुनुपर्छ आजबाट
दैब तेरो भरमा पाखुरीले छोड्यो धर्म ।
ReplyDeleteथोरै देबत्व नास हुनुपर्छ आजबाट ।
nice !!!