न आबेगमा थिएँ न त रिसमा थिएँ
आफ्नै मुद्दा आफैं न्यायाधिशमा थिएँ
डायरी अनि दैनिकीले यही भने
धेरै चोटी सुध्रिने कोशिसमा थिएँ
खोज्न आएथे रे घाम चर्किएपछि
म शीत जीबित झिसमिसमा थिएँ
म पानी यसरी अब पानी रहिन
थोरै अमृतमा थोरै बिषमा थिएँ
मेरो पागलपनले , थर्काउँछ मलाई
तँ को होस् म हुँ जो हर मानिसमा थिएँ
gajal dherai ramro lagyo
ReplyDeleteजोडदार !
ReplyDeleteब्लग तिर हराउनु भा हो र दिनेश सर। लौ है निरन्तर पढ्न पाईयोस यता तिर पनि
ReplyDeleteकता हराउनुभयो आजकाल ?
ReplyDeleteहराको छैन अब आउँछु है यता तिर पनि निरन्तर ।
ReplyDelete