Monday 23 August 2021

गजल

 जिन्दगीमा इज्जत जरुरी छ ।

र ,सहि र गलत जरुरी छ ।

एक्लै बिग्रन पनि मजा हुन्न ।
सप्रिन पनि संगत जरुरी छ ।

हातमा कलम भएर के भो ?
उम्लन छातीमा रगत जरुरी छ ।

लास आफैं हिडेर गयो चिहान ।
सरकारलाई मदत जरुरी छ ।

2 comments:

  1. धेरै पछी दिनेश सर तपाइको ब्लग घरमै आएर मिठो गजल पढियो ...र लाग्यो यति मिहनेत गरेर ब्लग पोष्ट्याइए पछि कमेन्ट पनि त जरुरी छ ! भन्ने लागेर कमेन्ट छाडी पठाएको छु है :)

    ReplyDelete
  2. मार्मिक भाव!

    ReplyDelete