हर तीर मुटु माझ रोपेर पिइरहें ।
माया सम्झी दुख काँध बोकेर पिइरहें ।
दोबाटोमा पुगेपछि देखिन्छ माया के हो !
बढ्नखोज्ने मेरा पाउ रोकेर पिइरहें ।
डराउनु लजाउनु कसको लागि अब ।
बीच बाटो हेर छाती ठोकेर पिइरहें ।
बढ्छु अघि तेर्सिन्छन हजार बाधाहरु ।
हात अनि हस्तरेखा जोखेर पिइरहें ।
एकैनास कहाँ हुन्छ दिनेश बुझी राखे ।
कतै खुले कतै अलि छोपेर पिइरहें ।
"हर तिर मुटु माझ रोपेर पिइरहें ।
ReplyDeleteमाया सम्झी दुख काँध बोकेर पिइरहें । "
दिनेश जी - साच्ची कै आफ्नै व्यथा हो यो - यदि हो भने त अलि तपाइँ पिडित नै हुनु भएको रहेछ !
तर सिर्जना को कुरा गर्ने हो भने ....त मैले भनि रहनु नै पर्दैन ... तपाई को गजल आफै बोलेको छ नि ...
गजल घतलाग्दो छ, निकै गम्भीर भावनाहरु सहजतापुर्बक प्रस्तुत गर्नुभएको छ यहाँले |
ReplyDelete