भनिन मैले केहि खास देऊ !!
मेरो छाती जत्रै आकाश देऊ !!
घर हैन मलाई सक्छौ भने !
मुट्ठी जत्रो ठाउमा बास देऊ !!
आँखा त भन्छन सबै सँग छ !
अब कालो छोप्ने प्रकाश देऊ !!
जलेर खरानी भयो यो घर !!
अब देउ हुरी बतास देऊ !!
झर्ला हात बाँधी आकाशबाट !!
माग्छु गाँस बास कपास देऊ !!
साह्रै सुन्दर शब्दहरु।.. हरेक लाईनहरुले मन छोयो मेरो।
ReplyDeleteछोटो,मीठो !
ReplyDeleteक्या बात !! (भन्छु म )
ReplyDelete