शितल हावा दिने छहारी छ दोषी ।
म निदाउनुमा चौतारी छ दोषी ।
मेरो पनि आफ्नै घर हुन्थ्यो होला ।
सडकमा हुनुमा भिखारी छ दोषी ।
म अहिलेसम्म जिउँदै रहनुमा ।
मलाई विष बेच्ने ब्यापारी छ दोषी ।
मैले पनि बजाएँ ताली अरु जस्तै ।
उस्ले जब भन्यो पारि छ दोषी ।
चिया पसल घुमेर बाँच्न जान्नुमा ।
बाउको नामको खेत बारी छ दोषी ।
चिया पसल घुमेर बाँच्न जान्नुमा ।
ReplyDeleteबाउको नामको खेत बारी छ दोषी । :) WOW !