सत्य सत्कार हिजोआज उखान भएछन ।
हिजो ठगी भन्थे आज वरदान भएछन् ।
धेरै मेहेनत पछि दिए दर्शन मलाई ।
मेरा यारहरु पनि भगवान भएछन ।
तिम्रो गाउँ भेटेपछि बढ्दैनन कतैपनि ।
मेरै खुट्टाहरु अब बेइमान भएछन ।
जिम्मेवारी बोध गर्ने उमेर हो र भन्छु ।
केही गल्तीहरु हो त जानाजान भएछन् ।
दिनेशले खुब जतनले बनाएथ्यो बगैंचा ।
होश आयो र देखें सब रछ्यान भएछन ।
वाह दिनेश वाह ;)
ReplyDeleteदामी गजल !
ReplyDeleteवाह! वाह!! नै भने मैले पनि । विशेष गरी दोस्रो र तेस्रो सेरको त कुनै जवाफ छैन !