केहि आँधी छाति भित्र चल्छन घरिघरी ।
ठडिएका सपना यी ढल्छन घरिघरी ।
लेख्न मन अति थियो गजल मीठा-मीठा !
भाँचिएका हाम्रा हात गल्छन घरिघरी ।
कुन्नि केको आश बाँकि डाँडाका घामलाई ।
फोटो हेर्दै छाती पिटी जल्छन घरिघरी ।
काम गरी खानेलाई दिनु नि गरी खान ।
बाटो छेक्दै चिल्लो मात्र दल्छन घरिघरी ।
केहि यस्ता ठुला मान्छे दिनेश छन तेरा ।
आहा !कति मिठो बोल्दै छल्छन घरिघरी ।
Monday, 18 January 2010
Thursday, 14 January 2010
गजल
पिडुँला छामी हेर दरिलो छ छैन ।
पर्दैन बाटो सोच्नु सजिलो छ छैन ।
उम्रिन्छ ढालिएका रुखमा पालुवा ।
नसोच माटो अझै मलिलो छ छैन ।
बेदना तिम्रो मेरो फूलमा चढाएँ ।
पुजारी थाली हेर्छ भरिलो छ छैन ।
कलम थुत्ने साब यति त सोच्देऊ ।
बन्दुक बोक्ने हात कलिलो छ छैन ।
दिनेश लेखी पढी बिचार गर्दैछ ।
गजल पिडा बिना गतिलो छ छैन ।
पर्दैन बाटो सोच्नु सजिलो छ छैन ।
उम्रिन्छ ढालिएका रुखमा पालुवा ।
नसोच माटो अझै मलिलो छ छैन ।
बेदना तिम्रो मेरो फूलमा चढाएँ ।
पुजारी थाली हेर्छ भरिलो छ छैन ।
कलम थुत्ने साब यति त सोच्देऊ ।
बन्दुक बोक्ने हात कलिलो छ छैन ।
दिनेश लेखी पढी बिचार गर्दैछ ।
गजल पिडा बिना गतिलो छ छैन ।
Thursday, 7 January 2010
गजल
समुन्द्र सारा तरेर आउँछु ।
समस्या सबै हरेर आउँछु ।
छैन बा ब्यर्थ समय बगेको ।
पढेर केहि परेर आउँछु ।
बैनीको बिहे भाइको पढाइ ।
ब्यबस्था केहि गरेर आउँछु ।
छर्नुछ बाँझो मनमा रहर ।
केहि त शीप चरेर आउँछु ।
बिकेको छैन हारेको होइन ।
गर्बले छाती भरेर आउँछु ।
समस्या सबै हरेर आउँछु ।
छैन बा ब्यर्थ समय बगेको ।
पढेर केहि परेर आउँछु ।
बैनीको बिहे भाइको पढाइ ।
ब्यबस्था केहि गरेर आउँछु ।
छर्नुछ बाँझो मनमा रहर ।
केहि त शीप चरेर आउँछु ।
बिकेको छैन हारेको होइन ।
गर्बले छाती भरेर आउँछु ।
Friday, 25 December 2009
गजल
हातका रेखामा छेकौं सपनी ।
साथी हो देखौं न देखौं सपनी ।
तिमीले चाहेमा चन्द्र टेकिन्छ ।
नलेखौं कथा हो लेखौं सपनी ।
गाउँमा रहर फुल्यो ढपक्कै ।
मनको तापले सेकौं सपनी ।
समान संसार तिम्रो र मेरो ।
भत्काऊँ पर्खाल टेकौं सपनी ।
देख्नुछ देख्नुछ आजै देख्नुछ ।
होईन एक अनेकौं सपनी ।
साथी हो देखौं न देखौं सपनी ।
तिमीले चाहेमा चन्द्र टेकिन्छ ।
नलेखौं कथा हो लेखौं सपनी ।
गाउँमा रहर फुल्यो ढपक्कै ।
मनको तापले सेकौं सपनी ।
समान संसार तिम्रो र मेरो ।
भत्काऊँ पर्खाल टेकौं सपनी ।
देख्नुछ देख्नुछ आजै देख्नुछ ।
होईन एक अनेकौं सपनी ।
Wednesday, 16 December 2009
गजल
एकपाटो काँढे तार, एकपाटो छुरा धार ।
बिर्सदैछु आँखा चिम्ली,नसोध है समाचार ।
बिसाएर आएँ भारी ,सुनकोशी तिर पारी ।
बढ्दैछ नि पीर लौन ,एक दुई तीन चार ।
जति नजिक भएँ म ,उति गहिरो गएँ म ।
आफैंलाई बिर्सि सकें ,नसम्झाऊ बारम्बार ।
हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।
मन छैन सफा भने नगर भो यो श्रृंगार ।
भन्थे बाले ए दिनेश ,पहिला आफूनै चिनेस् ।
बग्नु काल बगेपछि ,केको हार के गुहार ।
बिर्सदैछु आँखा चिम्ली,नसोध है समाचार ।
बिसाएर आएँ भारी ,सुनकोशी तिर पारी ।
बढ्दैछ नि पीर लौन ,एक दुई तीन चार ।
जति नजिक भएँ म ,उति गहिरो गएँ म ।
आफैंलाई बिर्सि सकें ,नसम्झाऊ बारम्बार ।
हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।
मन छैन सफा भने नगर भो यो श्रृंगार ।
भन्थे बाले ए दिनेश ,पहिला आफूनै चिनेस् ।
बग्नु काल बगेपछि ,केको हार के गुहार ।
Sunday, 6 December 2009
गजल
सुने भावीले भेटिन्छ भन्थे कसैले ।
केहि घाउले चेतिन्छ भन्थे कसैले ।
चुप रहेर हेर्दैछु आमा रोएको ।
घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।
जति सागर घुमेनि हुन्न निसान ।
हिड्या पाइला मेटिन्छ भन्थे कसैले ।
गर अन्याय मैमाथि न्याय नगर ।
सोझो बीचमा चेपिन्छ भन्थे कसैले ।
मागी आधार उसँग,परें भरोसा ।
ढुङ्गे देउता बेचिन्छ भन्थे कसैले ।
केहि घाउले चेतिन्छ भन्थे कसैले ।
चुप रहेर हेर्दैछु आमा रोएको ।
घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।
जति सागर घुमेनि हुन्न निसान ।
हिड्या पाइला मेटिन्छ भन्थे कसैले ।
गर अन्याय मैमाथि न्याय नगर ।
सोझो बीचमा चेपिन्छ भन्थे कसैले ।
मागी आधार उसँग,परें भरोसा ।
ढुङ्गे देउता बेचिन्छ भन्थे कसैले ।
Wednesday, 2 December 2009
गजल
उनको बोली मिठो सुनिरहन्छु कुरा म ।
बुझेरै अझै फेरि बुनिरहन्छु कुरा म ।
सुनेर कति खुशी हुदिहोलिन आज त ।
दुनियाँ चाहारेर चुनिरहन्छु कुरा म ।
एकान्त अब कहाँ बाँकि छ र एकान्त ।
सम्झेर हिजोको त्यो गुनिरहन्छु कुरा म ।
मुहार टाढा हुँदा साहारा तिम्रो आवाज ।
पोख्दिन मनभित्रै थुनिरहन्छु कुरा म ।
बगेर छेउ टुप्पा भत्किएमा याद गर्नु ।
दिनेश भन्थ्यो सधैं तुनिरहन्छु कुरा म ।
बुझेरै अझै फेरि बुनिरहन्छु कुरा म ।
सुनेर कति खुशी हुदिहोलिन आज त ।
दुनियाँ चाहारेर चुनिरहन्छु कुरा म ।
एकान्त अब कहाँ बाँकि छ र एकान्त ।
सम्झेर हिजोको त्यो गुनिरहन्छु कुरा म ।
मुहार टाढा हुँदा साहारा तिम्रो आवाज ।
पोख्दिन मनभित्रै थुनिरहन्छु कुरा म ।
बगेर छेउ टुप्पा भत्किएमा याद गर्नु ।
दिनेश भन्थ्यो सधैं तुनिरहन्छु कुरा म ।
Subscribe to:
Posts (Atom)