विधवाले रहर सजाएझैं आउँछ ।
याद आउँछ ,याद आएझैं आउँछ ।
हातमा बोकेर दियो , बाती , तेल ।
यो साँझ सूर्यसँग लजाएझैं आउँछ ।
सल्लाको वनमा आउने हुरी पनि ।
गाइने दाइले गीत गाएझैं आउँछ ।
कहाँ छोड्छ र हिजोले तिमीलाई।
बालकले खेलौना पाएझैं आउँछ ।
हाँसी - हाँसी आउँछ कैले दुख पनि ।
खुशी पनि कैले सताएझैं आउँछ ।