जब देखि जुध्यो नज़र म बिरामी छु ।
रमाइलो भो हर प्रहर म बिरामी छु ।
तिम्रै लागि कुना कुना सजाएर राखें ।
तिमी अब सम्हाल यो घर म बिरामी छु ।
फूल जस्तै आँगनमा हाँसे लालाबाला ।
रहर माथि अर्को रहर म बिरामी छु ।
सबै तिर खुशियाली सबै हराभरा
छैन खडेरी छैन बग़र म बिरामी छु ।
चाहे होस घुर्की चाहे रिस चाहे झगड़ा ।
मीठो लाग्छ तिम्रो करकर म बिरामी छु ।