Friday, 18 February 2011

गजल

कुन्नी के को डरले आवाज छोप्दै थिएँ ।
उध्रिएका चोलीमा लाज छोप्दै थिएँ ।

जरुरतनै थिएन कोट्याउनु कहिल्यै ।
सँगै बेद ,गायत्री ,नमाज छोप्दै थिएँ ।

केही छन किताब सम्पत्ती मेरा भन्नु ।
पर्दा च्याती झ्यालको दराज छोप्दै थिएँ ।

काँडा बिझ्यो खुट्टामा , त्यसो त त्यो बेला म ।
आकाशमा हातले जहाज छोप्दै थिएँ ।

यस्को अर्थ के थियो ,तिम्लाई लाग्यो होला ।
माटोमाथि माटोले अनाज छोप्दै थिएँ ।

2 comments:

  1. यत्तिका चिज छोप्नु निकै गाह्रो कुरा हो दिनेश जी !

    ReplyDelete
  2. काँडा बिझ्यो खुट्टामा , त्यसो त त्यो बेला म ।
    आकाशमा हातले जहाज छोप्दै थिएँ ।

    वाह!

    ReplyDelete