गाँउ छोड्ने त्यो जोशको राप बाँकी छ ।
केही आश केही पश्चाताप बाँकी छ ।
सपनामा बच्चाबच्ची आउँछन् सामु ।
लुगा छान्छु तौल सँगै नाप बाँकी छ ।
सिर्फ यत्ति , सुनाएमा पण्डित हुन्छ ।
धर्म सँग भोग्न धेरै पाप बाँकी छ ।
ए दिनेश के भोग्या होस् र फुर्ती तेरो ।
दिन रुपी पत्रमा लाहाछाप बाँकी छ ।
यो पनि निकै राम्रो लाग्यो दिनेश दाइ !
ReplyDelete"गाँउ छोड्ने त्यो जोशको राप बाँकी छ ।
केही आश केही पश्चाताप बाँकी छ ।"
धर्म सँग भोग्न धेरै पाप बाँकी छ। वाह वाह !
ReplyDelete