Saturday, 17 July 2010

गजल

रहर यति कि, कोही आऊ मन सम्म ।

सधैं छापहरु , देखिए आँगन सम्म ।


मायामा सपना ,बाँधिने सिमाना छैन ।

तिम्रो गनगन र मेरो खटन सम्म ।


तर्किएर गयौ , लुकेर बोल्दछ फुर्ति ।

दैब यहि भेट ,जाओस् त बन्धन सम्म ।


केटाकेटी नै छ दिनेश लाग्यो अहिले ।

मायामा सोच्दैछ , त्यागूँ कि जिवन सम्म ।

Friday, 9 July 2010

गजल

भलै रातमा निंद पर्या छैन ।

पख हिम्मत अझै मर्या छैन ।


आज बित्ला होला नि त भोलि ।

छाम्छु प्रकृति उल्टो चल्या छैन ।


हुँदै समाज , हरेक मान्छेमा ।

रोग सरुवा कहाँ सर्या छैन ।


हात पाखुरा, हुँदा हुँदै सद्दे ।

सुनी अड्कियो, भाग्य बल्या छैन ।


गरी सोचेको , कहाँ पुग्छ त नि ।

सोच दिनेश के के गर्या छैन ।

Saturday, 29 May 2010


नदिझैं रगत, बगेको हुन्छ ।
लाग्दो हो तिम्लाई, बोलेको हुन्छ !

लेखेरै दिऊँकी त्यसैले जवाफ ।
भन्छन जे हुन्छ लेखेको हुन्छ ।


ईशारा, आँखामा त्यो छल कहाँ ?
शब्द छ त्यसैले ढाँटेको हुन्छ ।


तिर्सना मनको ,खहरेझै उर्ल्यो ।
जम्नेको के हुन्छ ? बग्नेको हुन्छ ।

बुझ्दैन दिनेश?समस्या कस्तो हो?
समय थपेनी ,टारेको हुन्छ ।

Thursday, 11 March 2010

गजल

त्यस्का बाको छाती सधैं दुख्छ राति ।
यति साह्रो याद नआएकै जाति ।

सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।

कसै सँग हिंडी, कसै सँग मस्की ।
चौतारीका कुरा , शंका नाना भाँति ।

भोक निन्द्रा गयो ,छैन होश पनि ।
लौन बुटी देऊ, लाग्यो साँढे साति ।

अघि परे पछि ,सुक्छ ओठ मुख ।
कैले सम्म आम्मै , राख्ने कुरा थाँति ।

गजल

गएपछि होश अँ पिएँ शायद ।
भरी गाग्रो थिएँ पोखिएँ शायद ।

आँसु रत्न भेटें यी बन्द कोठामा ।
हिजो अस्ति घर मैं थिएँ शायद ।

पानापाना मन , फलेंथे गजल ।
ढिलो गरी आयौ , टिपिएँ शायद ।

अब आऊ हेर , बेरङ्ग मनमा ।
यति चोट छ्यापे ,रङ्गिएँ शायद ।

गजल

थकान यो बिर्सी मैले सुस्ताउनु पर्थ्यो ।
ए रात तँ सँगै निन्द्रा नि आउनु पर्थ्यो ।

भरेर थालिमा स्वर्ण सुख हुने भए ।
मन्दिर जानेले भट्टी किन धाउनु पर्थ्यो ।

देखिए आँखामा आँसु भएँ बिचरा म ।
हे दैब संसार अन्धै बनाउनु पर्थ्यो ।

बिहान कोदालो बिसाइ भन्थिन आमा ।
गाउँमा गरेर खान त पाउनु पर्थ्यो ।

दिनेश कहिले काहिं कोठा थुनी हाँस्छ ।
झुट सही कतै मन रमाउनु पर्थ्यो ।

Saturday, 27 February 2010

गजल

हर तीर मुटु माझ रोपेर पिइरहें ।
माया सम्झी दुख काँध बोकेर पिइरहें ।

दोबाटोमा पुगेपछि देखिन्छ माया के हो !
बढ्नखोज्ने मेरा पाउ रोकेर पिइरहें ।

डराउनु लजाउनु कसको लागि अब ।
बीच बाटो हेर छाती ठोकेर पिइरहें ।

बढ्छु अघि तेर्सिन्छन हजार बाधाहरु ।
हात अनि हस्तरेखा जोखेर पिइरहें ।

एकैनास कहाँ हुन्छ दिनेश बुझी राखे ।
कतै खुले कतै अलि छोपेर पिइरहें ।