झण्डै २ बर्ष अगाडी लेखेको यो गीत मझेरीमा रहेछ र यस्लाई यो ब्लगमा राख्न रहर लाग्यो र यहाँ बाँडेको छु ।
धेरै वर्षपछि आज, फेरि घाउ दुख्यो छातीको ।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को !
भिडले पन्छ्याएर एकातिर फालिदिन्छ ,
एकान्तले तर्साएर ,रहर सबै टालिदिन्छ ।
समय बदलियो ,देखेँ दुश्मन को साथी को।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को !
खेलौनाझैँ मान्छेसँग खेल्नेहरु हुदारैछन् ।
झुटो बोली मनाउन आगोलाई छुदारैछन ।
सकिएन बुझ्न ,के जानौँ जातीको न जाती को ।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को ?
Monday, 27 December 2010
Saturday, 25 December 2010
२बर्ष
हिजोको राति थियो २ बर्ष अगाडिको जुनदिन मैले ब्लगमा पहिलो पाइला राखेको थिएँ , कागतका टुक्राहरुमा छरिने रचनाहरुले एउटा नोट भेटेका थिए , ब्लगको रुपमा ।
कम्पयुटर सम्बन्धी त्यति साह्रो ज्ञान नभएकोले नै हुनुपर्छ म त्यति ढिला भएको ब्लगको दुनियाँमा छिर्नलाई भन्ने पनि लाग्छ । रहर त उहिल्यै देखि थियो अहिले सम्झदाँ ।
यो २ बर्षको बीचमा धेरै कुराहरु सिकिएको छ , केहि कुराहरु बुझिएको छ , र थोरै कुराहरुको अनुगमन पनि गरिएको छ । आजको यो रातमा तिनै धेरै र थोरै कुराहरुको बीचमा रुमल्लिनु मन लागेको छ हेरौं यो दिनभरीको थकानले मेरो कति सम्म निंद थेग्न सक्छ । बिशेष लेख्न नै भनेर आजको यो पोष्ट शुरु गरेको हैन यहाँहरुमा यो जानकारी पनि गराउन चाहन्छु , यो २ बर्षमा के भयो त भन्ने कुराको जानकारी म आफैं स्वयम लाई पनि गराउन चाहन्छु यही शब्दहरु मार्फत । म जे लेख्दैछु केहि पल अघि सम्म सोचिएका थिएनन् जे मनमा आउँछ त्यस्लाई बिना संकोच यहिं लेख्दै जानेछु । यो मेरो सानो कथा ब्लग र मेरो ।
मेरो ब्लगको सुरुवात हुनुमा बसन्त गौतम जी को प्रभाव मलाई परेको थियो कि भन्ने लाग्छ , मैले ब्लग शुरु गर्नु भन्दा अगाडि अनेसास जापान मा हामी ले शायद एक कार्यकाल बिताइसकेका थियौं तर ब्यक्तिगत रुपमा उहाँसँग भेटघाट थिएन फोनमा शायद २-४ पल्ट कुराकानी भएको होला । यहिं जापान मा हुनु भएको कुनै साथीले उहाँको ब्लगको बारेमा मलाई जानकारी दिनु भएको थियो र उहाँको ब्लग हेरिसकेपछि मैले ब्लग बनाउनु पर्छ भन्ने सोच बनाएको थिएँ , आफ्ना मनमा लागेका कुरा बिधुतीय माध्यममा राख्नु , आफ्ना रचनाहरु साथीहरुमा बाँड्नु शायद यहि मेरो रहर भएको हुनुपर्छ ।
पहिलो पोष्ट ब्लगको नामाकरण (पहिले ब्लगको नाम चौतारी राखैको थिएँ ) गरिसकेपछि पुरानो आफ्नै रचना एउटा गजल राखें , त्यति बेला मलाई प्राबिधिक रुपमा धेरै कठीनाइ परेको अहिले पनि याद छ , ब्लगको फर्म्याट देखि रचना सेभ गर्ने सम्मका । यो तरंग मेरो लागि नौलो थियो र कोशिस गर्ने जाँगर पनि त्यहि भएर आजको दिन सम्म जेनतेन चलाइराखेको छु ।
त्यस्पछि रचना राख्ने क्रम र नयाँ साथीहरुको मा फलो गर्ने क्रम बढ्यो जो निरन्तर कायम छ , धेरै साथीहरु सँग घनिष्ठता रह्यो ब्लगको मार्फतबाट जस्तै : दिलिप आचार्य जी र भाउजु । अनि जापानमै रहनु भएका अर्जुन पौडेल जी , नेपालका जोतारे धाइबा , सुर्य न्यौपाने जी , दौंतरी ब्लग , गोकुल ढकाल , बेदनाथ पुलामी , मिलन लम्साल , चैतन्य , अशेष पौडेल ,दिपक जडित , कृष्ण थापा ,प्रबेश पौडेल ,राजेश बुढाथोकी नताम्स भाइ ,चुडामणी जी ,एकल यात्री , ठरकी दादा ,नेपोलियन ,प्रबिण थापा , हावा जी ,आकार अनि हालसालै केहि नयाँ मित्र हरु रबिन्द्र रिजाल , जितेन्द्र मल्ल , सुरेश खतिवडा , प्रमोद न्यौपाने ,आशांक , लगायतका साथीहरु सँग चिनापर्ची गफ र रचनाहरु र यस्का गुण अबगुणका पक्षमा कुराकानी भलाकुसारी भए , चिनजान भयो ।
यी सबै साथिहरु र यो २ बर्षमा यहाँको साथको लागि हार्दिक आभारी छु ।
आजभोलि पनि पुरानोमा धेरै पुराना साथीहरु अनि नयाँ केहि साथीहरुको पनि जोशले यो नेपाली ब्लग क्षेत्र चम्कीरहेझैं लाग्छ । यो जमर्को र साथ कहिल्यै नटुटोस यही रहर ।
मेरो रचना ब्लगको बिश्लेषण नभै खान्स्यानो किमोची ( धन्यबाद ज्ञापनको रहर ) मात्र हो । यस्लाई अन्यथा नलिइदिनुहोला । यो बीचमा मलाई साथ दिनु हुने हरेक हातहरुमा धन्यबाद ज्ञापन गर्न चाहन्छु ।

Friday, 24 December 2010
गजल
हुन्छ आँसु सदर कि उपहास हुन्छ ।
जब केहि हुन्न तब मात्र आस हुन्छ ।
नछोऊ ताम्रपत्र नखाऊ कसम कुनै ।
जे जे हुन्छ आज कुरा खसोखास हुन्छ ।
केहि अघि हिंडी फेरि फर्की हेर्ने कारण ।
तिमी सँगै छौ सधैं यहि आभाष हुन्छ ।
होलान् नि रामायण यसरी बुझ्ने पनि ।
जो हुन्छ इमान्दार उस्कै बनबास हुन्छ ।
के के भेट्यो दुनिंयाले ,हेर्दा हेर्दै दिनेश ।
तेरो माग सधैं गाँस बास कपास हुन्छ ।

Friday, 26 November 2010
गजल
भूल एउटा जानाजानी भएको छ ।
यथार्थ हुनुथ्यो कहानी भएको छ ।
भाँच्नुथ्यो पर्खाल बार्नुथ्यो किल्ला ।
यहाँ त बाराबार पानी भएको छ ।
भार छ खुबै त्यो नागरिकताको ।
यहाँ परिचय राहदानी भएको छ ।
उस्ले झैं तिम्ले उस्लाई लायौ दोष ।
मेरो पनि उस्तै उस्तै बानी भएको छ ।
यथार्थ हुनुथ्यो कहानी भएको छ ।
भाँच्नुथ्यो पर्खाल बार्नुथ्यो किल्ला ।
यहाँ त बाराबार पानी भएको छ ।
भार छ खुबै त्यो नागरिकताको ।
यहाँ परिचय राहदानी भएको छ ।
उस्ले झैं तिम्ले उस्लाई लायौ दोष ।
मेरो पनि उस्तै उस्तै बानी भएको छ ।
Tuesday, 14 September 2010
गजल
बेचेर इमान पकाको छ ।
मेरो पनि भाग लगाको छ ।
अनेक अर्थको हुन्छ बाजा ।
कतै बज्या कतै बजाको छ ।
सल्लाह भाइमा हुन्छ अब ।
छुरी ,डोरी ,गोली मगाको छ ।
खरानी उडाउने हो आऊ ।
मन यता पनि जलाको छ ।
दिनेश गुज्रियो कि यत्तिमै ?
कहिले गाको कहिले आको छ ।
मेरो पनि भाग लगाको छ ।
अनेक अर्थको हुन्छ बाजा ।
कतै बज्या कतै बजाको छ ।
सल्लाह भाइमा हुन्छ अब ।
छुरी ,डोरी ,गोली मगाको छ ।
खरानी उडाउने हो आऊ ।
मन यता पनि जलाको छ ।
दिनेश गुज्रियो कि यत्तिमै ?
कहिले गाको कहिले आको छ ।
Friday, 3 September 2010
गजल
भनिन मैले केहि खास देऊ !!
मेरो छाती जत्रै आकाश देऊ !!
घर हैन मलाई सक्छौ भने !
मुट्ठी जत्रो ठाउमा बास देऊ !!
आँखा त भन्छन सबै सँग छ !
अब कालो छोप्ने प्रकाश देऊ !!
जलेर खरानी भयो यो घर !!
अब देउ हुरी बतास देऊ !!
झर्ला हात बाँधी आकाशबाट !!
माग्छु गाँस बास कपास देऊ !!
मेरो छाती जत्रै आकाश देऊ !!
घर हैन मलाई सक्छौ भने !
मुट्ठी जत्रो ठाउमा बास देऊ !!
आँखा त भन्छन सबै सँग छ !
अब कालो छोप्ने प्रकाश देऊ !!
जलेर खरानी भयो यो घर !!
अब देउ हुरी बतास देऊ !!
झर्ला हात बाँधी आकाशबाट !!
माग्छु गाँस बास कपास देऊ !!
Saturday, 17 July 2010
गजल
रहर यति कि, कोही आऊ मन सम्म ।
सधैं छापहरु , देखिए आँगन सम्म ।
मायामा सपना ,बाँधिने सिमाना छैन ।
तिम्रो गनगन र मेरो खटन सम्म ।
तर्किएर गयौ , लुकेर बोल्दछ फुर्ति ।
दैब यहि भेट ,जाओस् त बन्धन सम्म ।
केटाकेटी नै छ दिनेश लाग्यो अहिले ।
मायामा सोच्दैछ , त्यागूँ कि जिवन सम्म ।
Friday, 9 July 2010
गजल
भलै रातमा निंद पर्या छैन ।
पख हिम्मत अझै मर्या छैन ।
आज बित्ला होला नि त भोलि ।
छाम्छु प्रकृति उल्टो चल्या छैन ।
हुँदै समाज , हरेक मान्छेमा ।
रोग सरुवा कहाँ सर्या छैन ।
हात पाखुरा, हुँदा हुँदै सद्दे ।
सुनी अड्कियो, भाग्य बल्या छैन ।
गरी सोचेको , कहाँ पुग्छ त नि ।
Saturday, 29 May 2010
Thursday, 11 March 2010
गजल
त्यस्का बाको छाती सधैं दुख्छ राति ।
यति साह्रो याद नआएकै जाति ।
सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।
कसै सँग हिंडी, कसै सँग मस्की ।
चौतारीका कुरा , शंका नाना भाँति ।
भोक निन्द्रा गयो ,छैन होश पनि ।
लौन बुटी देऊ, लाग्यो साँढे साति ।
अघि परे पछि ,सुक्छ ओठ मुख ।
कैले सम्म आम्मै , राख्ने कुरा थाँति ।
यति साह्रो याद नआएकै जाति ।
सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।
कसै सँग हिंडी, कसै सँग मस्की ।
चौतारीका कुरा , शंका नाना भाँति ।
भोक निन्द्रा गयो ,छैन होश पनि ।
लौन बुटी देऊ, लाग्यो साँढे साति ।
अघि परे पछि ,सुक्छ ओठ मुख ।
कैले सम्म आम्मै , राख्ने कुरा थाँति ।
गजल
गएपछि होश अँ पिएँ शायद ।
भरी गाग्रो थिएँ पोखिएँ शायद ।
आँसु रत्न भेटें यी बन्द कोठामा ।
हिजो अस्ति घर मैं थिएँ शायद ।
पानापाना मन , फलेंथे गजल ।
ढिलो गरी आयौ , टिपिएँ शायद ।
अब आऊ हेर , बेरङ्ग मनमा ।
यति चोट छ्यापे ,रङ्गिएँ शायद ।
भरी गाग्रो थिएँ पोखिएँ शायद ।
आँसु रत्न भेटें यी बन्द कोठामा ।
हिजो अस्ति घर मैं थिएँ शायद ।
पानापाना मन , फलेंथे गजल ।
ढिलो गरी आयौ , टिपिएँ शायद ।
अब आऊ हेर , बेरङ्ग मनमा ।
यति चोट छ्यापे ,रङ्गिएँ शायद ।
गजल
थकान यो बिर्सी मैले सुस्ताउनु पर्थ्यो ।
ए रात तँ सँगै निन्द्रा नि आउनु पर्थ्यो ।
भरेर थालिमा स्वर्ण सुख हुने भए ।
मन्दिर जानेले भट्टी किन धाउनु पर्थ्यो ।
देखिए आँखामा आँसु भएँ बिचरा म ।
हे दैब संसार अन्धै बनाउनु पर्थ्यो ।
बिहान कोदालो बिसाइ भन्थिन आमा ।
गाउँमा गरेर खान त पाउनु पर्थ्यो ।
दिनेश कहिले काहिं कोठा थुनी हाँस्छ ।
झुट सही कतै मन रमाउनु पर्थ्यो ।
Saturday, 27 February 2010
गजल
हर तीर मुटु माझ रोपेर पिइरहें ।
माया सम्झी दुख काँध बोकेर पिइरहें ।
दोबाटोमा पुगेपछि देखिन्छ माया के हो !
बढ्नखोज्ने मेरा पाउ रोकेर पिइरहें ।
डराउनु लजाउनु कसको लागि अब ।
बीच बाटो हेर छाती ठोकेर पिइरहें ।
बढ्छु अघि तेर्सिन्छन हजार बाधाहरु ।
हात अनि हस्तरेखा जोखेर पिइरहें ।
एकैनास कहाँ हुन्छ दिनेश बुझी राखे ।
कतै खुले कतै अलि छोपेर पिइरहें ।
माया सम्झी दुख काँध बोकेर पिइरहें ।
दोबाटोमा पुगेपछि देखिन्छ माया के हो !
बढ्नखोज्ने मेरा पाउ रोकेर पिइरहें ।
डराउनु लजाउनु कसको लागि अब ।
बीच बाटो हेर छाती ठोकेर पिइरहें ।
बढ्छु अघि तेर्सिन्छन हजार बाधाहरु ।
हात अनि हस्तरेखा जोखेर पिइरहें ।
एकैनास कहाँ हुन्छ दिनेश बुझी राखे ।
कतै खुले कतै अलि छोपेर पिइरहें ।
Thursday, 25 February 2010
गजल
सानो सानो चोटमा दैब भाक्नुको अर्थ ।
बाँचेर के बुझेकै हो त बाँच्नुको अर्थ ।
आँगनमा दोहोरी बैरी खेल्छन मेरो ।
यही त हो आँखामा आँशु नाँच्नुको अर्थ
लुछाचुडी गर्छन सबै छानोमा हाम्रो ।
बुझे होला शिरैमा जून हाँस्नुको अर्थ ।
रङ्गहरु नभाको खोज्छु सुन्दर फूल ।
हो हो यही घरको भित्ता ताछ्नुको अर्थ ।
हो हो यही घरको भित्ता ताछ्नुको अर्थ ।
गजलमा दिनेश कति भेटिन्छ सुख ।
खुशिनै हो छातिमा हात राख्नुको अर्थ ।
Sunday, 31 January 2010
गजल
गाँसिएका धागा तोडेर के हुन्छ !
जथाभावी बाटा मोडेर के हुन्छ !
समयले भन्थ्यो बिर्सनु पर्ने त ।
यो घाउ हो घाउ गोडेर के हुन्छ !
मिलाउनु काँध छदैछ उसै नि ।
अभिमान अलि छोडेर के हुन्छ !
रहिरह्यो तुक मनमा सधै नै ।
हाँसिहाँसी हात जोडेर के हुन्छ !
पढ्दैछन दिल आजका नजर ।
यो नकाब सयौं ओडे(ढे)र के हुन्छ !
Monday, 18 January 2010
गजल
केहि आँधी छाति भित्र चल्छन घरिघरी ।
ठडिएका सपना यी ढल्छन घरिघरी ।
लेख्न मन अति थियो गजल मीठा-मीठा !
भाँचिएका हाम्रा हात गल्छन घरिघरी ।
कुन्नि केको आश बाँकि डाँडाका घामलाई ।
फोटो हेर्दै छाती पिटी जल्छन घरिघरी ।
काम गरी खानेलाई दिनु नि गरी खान ।
बाटो छेक्दै चिल्लो मात्र दल्छन घरिघरी ।
केहि यस्ता ठुला मान्छे दिनेश छन तेरा ।
आहा !कति मिठो बोल्दै छल्छन घरिघरी ।
ठडिएका सपना यी ढल्छन घरिघरी ।
लेख्न मन अति थियो गजल मीठा-मीठा !
भाँचिएका हाम्रा हात गल्छन घरिघरी ।
कुन्नि केको आश बाँकि डाँडाका घामलाई ।
फोटो हेर्दै छाती पिटी जल्छन घरिघरी ।
काम गरी खानेलाई दिनु नि गरी खान ।
बाटो छेक्दै चिल्लो मात्र दल्छन घरिघरी ।
केहि यस्ता ठुला मान्छे दिनेश छन तेरा ।
आहा !कति मिठो बोल्दै छल्छन घरिघरी ।
Thursday, 14 January 2010
गजल
पिडुँला छामी हेर दरिलो छ छैन ।
पर्दैन बाटो सोच्नु सजिलो छ छैन ।
उम्रिन्छ ढालिएका रुखमा पालुवा ।
नसोच माटो अझै मलिलो छ छैन ।
बेदना तिम्रो मेरो फूलमा चढाएँ ।
पुजारी थाली हेर्छ भरिलो छ छैन ।
कलम थुत्ने साब यति त सोच्देऊ ।
बन्दुक बोक्ने हात कलिलो छ छैन ।
दिनेश लेखी पढी बिचार गर्दैछ ।
गजल पिडा बिना गतिलो छ छैन ।
पर्दैन बाटो सोच्नु सजिलो छ छैन ।
उम्रिन्छ ढालिएका रुखमा पालुवा ।
नसोच माटो अझै मलिलो छ छैन ।
बेदना तिम्रो मेरो फूलमा चढाएँ ।
पुजारी थाली हेर्छ भरिलो छ छैन ।
कलम थुत्ने साब यति त सोच्देऊ ।
बन्दुक बोक्ने हात कलिलो छ छैन ।
दिनेश लेखी पढी बिचार गर्दैछ ।
गजल पिडा बिना गतिलो छ छैन ।
Thursday, 7 January 2010
गजल
समुन्द्र सारा तरेर आउँछु ।
समस्या सबै हरेर आउँछु ।
छैन बा ब्यर्थ समय बगेको ।
पढेर केहि परेर आउँछु ।
बैनीको बिहे भाइको पढाइ ।
ब्यबस्था केहि गरेर आउँछु ।
छर्नुछ बाँझो मनमा रहर ।
केहि त शीप चरेर आउँछु ।
बिकेको छैन हारेको होइन ।
गर्बले छाती भरेर आउँछु ।
समस्या सबै हरेर आउँछु ।
छैन बा ब्यर्थ समय बगेको ।
पढेर केहि परेर आउँछु ।
बैनीको बिहे भाइको पढाइ ।
ब्यबस्था केहि गरेर आउँछु ।
छर्नुछ बाँझो मनमा रहर ।
केहि त शीप चरेर आउँछु ।
बिकेको छैन हारेको होइन ।
गर्बले छाती भरेर आउँछु ।
Subscribe to:
Posts (Atom)