Wednesday 24 December 2008

गजल

दैब फकाउन अनेक उपाय बनाउछन पुजारिहरु ।
जता जता मन्दिर उतै शंख बजाउछन पुजारिहरु ।


न घर बाट निस्किउन न भांचुन सिन्को कतै ।
बसी बसी छातिभरी तक्मा सजाउछन पुजारिहरु ।


तिमी इमान्दार छौ पसिना बेच्छौ सस्तोमा आफ्नो
गफै गफमा , बडा बडा महल ठड्याउंछन पुजारिहरु ।


धेरै शृङार पटार घर बाट निक्लिन्छन शहरभरी
लजाउछन मान्छेहरु कहाँ लजाउछन पुजारिहरु ।


हाम्रो त भागय यस्तो कि रोकिन्न आँसु दिनेश
कोही मान्छे हरु रुँदा भोज मनाउँछन पुजारिहरु ।