Saturday 17 July 2010

गजल

रहर यति कि, कोही आऊ मन सम्म ।

सधैं छापहरु , देखिए आँगन सम्म ।


मायामा सपना ,बाँधिने सिमाना छैन ।

तिम्रो गनगन र मेरो खटन सम्म ।


तर्किएर गयौ , लुकेर बोल्दछ फुर्ति ।

दैब यहि भेट ,जाओस् त बन्धन सम्म ।


केटाकेटी नै छ दिनेश लाग्यो अहिले ।

मायामा सोच्दैछ , त्यागूँ कि जिवन सम्म ।

Friday 9 July 2010

गजल

भलै रातमा निंद पर्या छैन ।

पख हिम्मत अझै मर्या छैन ।


आज बित्ला होला नि त भोलि ।

छाम्छु प्रकृति उल्टो चल्या छैन ।


हुँदै समाज , हरेक मान्छेमा ।

रोग सरुवा कहाँ सर्या छैन ।


हात पाखुरा, हुँदा हुँदै सद्दे ।

सुनी अड्कियो, भाग्य बल्या छैन ।


गरी सोचेको , कहाँ पुग्छ त नि ।

सोच दिनेश के के गर्या छैन ।