Sunday 17 June 2012

गजल


शितल हावा दिने छहारी छ दोषी । 
म निदाउनुमा चौतारी छ दोषी ।

मेरो पनि आफ्नै घर हुन्थ्यो होला ।
 सडकमा हुनुमा भिखारी छ दोषी ।

म अहिलेसम्म जिउँदै रहनुमा ।
मलाई विष बेच्ने ब्यापारी छ दोषी ।

मैले पनि बजाएँ ताली अरु जस्तै ।
उस्ले जब भन्यो पारि छ दोषी ।

चिया पसल घुमेर बाँच्न जान्नुमा । 
बाउको नामको खेत बारी छ दोषी ।