Friday 2 September 2011

गजल

माया ब्यापार हुनुपर्छ, छानी –छानी भएको छ ।

यो लेख्दा दिनेश लाजले पानी-पानी भएको छ ।


जहाँ तरबार तेर्सिएथ्यो ,त्यहीं राखें खुट्टा आफ्नो ।

माफी कस्लाई यहाँ गल्ती जानी –जानी भएको छ ।


तिम्रा गजल चुप रहे , अनि उस्को गला पनि ।

हाहा भाषण यहाँ लेघ्रो तानी –तानी भएको छ ।


आज लाडिन्छु केही छिन , आमा तिमी भन फेरि ।

कैले है ठूली-ठूली कैले सानी-सानी भएको छ ।


आँखा चिम्लेर हेर्छु जब ,चाहेझैं छ यो संसार

ढुङगा पनि त देवता ठानी –ठानी भएको छ ।


तमाशा हेर्न पर्खिबसें , बगरमा दिल छोडेर ।

किन तुफान अब चाहिं, ज्ञानी –ज्ञानी भएको छ ।