Thursday 20 September 2012

गजल


बाँच्नलाई त आत्मा जीबित चाहिन्छ ।
आउने समय सपना सहित चाहिन्छ ।

हारिदिन्छु तिम्रा लागि मेरा सम्पूर्ण ।
कस्ले भन्छ खुशी हुन जीत चाहिन्छ ।

दुई चार थोपा आँसु झरे त के भो ।
बिहानीको लागि थोरै शीत चाहिन्छ ।

ईज्जतको भाउ हो त मलाई के थाहा ।
कि कुलिन चाहिन्छ कि पतित चाहिन्छ ।