Thursday 31 May 2012

गजल


मेरो ठेगाना मेरो नाम सोध्न हिड्छु ।
प्रत्येक बिहान म आफू खोज्न हिड्छु ।

जो थिए शहरमा सबै त्यही त थिए ।
बेहोशमा छु कि ?पत्थर ढोग्न हिड्छु ।

सम्हालिएर आउनु है सपनीमै पनि ।
निन्द्रामा प्राय म आँधी रोक्न हिड्छु ।

जिन्दगी सास थियो सास लिदैं हिंडे ।
जिन्दगी भारी भए भारी बोक्न हिंड्छु