Tuesday 9 October 2012

गजल


अझै बाँकी हाम्रो माया तस्बीरमा ।
तिम्ले टाँगी दियौ माला तस्वीरमा ।


घरबाट निस्कदाँ कस्तो भुलिएछ ।
धुलो लाग्नेछ फर्कदा तस्वीरमा ।


हर रात बिछोडका यस्तै गरी बिते ।
दायाँ हात छातीमा बायाँ तस्वीरमा ।

जवाफ त्यै आउँछ जुन सोच्दछु ।
त्यसैले त कुरा पक्का तस्वीरमा ।

यतै हिमाल तराई हावा भै घुम्दैछ ।
दिनेशलाई खोज्छ दुनियाँ तस्वीरमा ।