Sunday 9 October 2011

गजल

न आबेगमा थिएँ न त रिसमा थिएँ

आफ्नै मुद्दा आफैं न्यायाधिशमा थिएँ


डायरी अनि दैनिकीले यही भने

धेरै चोटी सुध्रिने कोशिसमा थिएँ


खोज्न आएथे रे घाम चर्किएपछि

म शीत जीबित झिसमिसमा थिएँ


म पानी यसरी अब पानी रहिन

थोरै अमृतमा थोरै बिषमा थिएँ


मेरो पागलपनले , थर्काउँछ मलाई

तँ को होस् म हुँ जो हर मानिसमा थिएँ

गजल

तिम्रो माग पूरा यो भएहुन्थ्यो ।

फेरि तिमी को म को भएहुन्थ्यो ।


संसारमा दैव छ तिम्ले भन्यौ,

हाँस्दै मैले भने हो भएहुन्थ्यो ।


काट्न दशा जन्तर किन्दै सोच्छु ।

कतै केही त चोखो भएहुन्थ्यो ।


छोड यार सक्दैनौ मनाउन ।

उनै हुनुपर्छ जो भएहुन्थ्यो ।


बारी-बारी हाँस्दैछन लालुपाते ।

यति थाहा भएको भएहुन्थ्यो ।