Saturday 28 May 2011

गजल

नसुनाउनू कसैलाई कथा यसो गर्नू क्या !
सिकाउँछन नत्र त्यसो गर्नु क्या यसो गर्नू क्या !!

भुँई खुट्टाले कोट्याउनु कतै कि टोक्नु औंला ।
बाँकी आँखा-आँखाले गर्नु कुरा यसो गर्नू क्या !!

भोलि पिर्छ आफैंलाई शंका लाग्छ भने यदी ।
कतै नगर्नु कसैसँग आशा यसो गर्नू क्या !!

बुझ्नुमा एउटा जलन हो यस्तै लाग्छ भने !
दिनेश जस्तै बनिदिनु बच्चा यसो गर्नू क्या !!

Friday 6 May 2011

गजल

मीठो मुस्कान सँगै ढाडमा हुलाकीको धाप आयो ।
चिठ्ठी हातमा आयो मुखमा बाफ रे बाफ आयो ।

एक जमाना भयो दुश्मनी भएको भाग्य सँग ।
बुझ्छु म पनि तिम्रो नाममा कस्को जवाफ आयो ।

धर्म समाज पाप समय बाध्यता रीतिथिति ।
प्रश्न एउटा थियो उत्तर यसरी लाख आयो ।।

याद आउँछ जब लाहुरे छोरा आकाश हेर्दै ।
मेरी आमा भन्छिन आयो हवाइजहाज आयो ।