Monday 22 August 2011

गजल

मेरो आफ्नै आकाश हुनुपर्छ आजबाट ।

केही कुरा त खास हुनुपर्छ आजबाट ।


हराएथ्यो जिन्दगी बालुवामा पानीजस्तै ।

म हुनुको आभाष हुनुपर्छ आजबाट ।


दैब तेरो भरमा पाखुरीले छोड्यो धर्म ।

थोरै देबत्व नास हुनुपर्छ आजबाट ।


बल छल मा नझुकेको सत्य-तथ्य लेखिएको ।

नबीन ईतिहास हुनुपर्छ आजबाट ।


जे-जे बित्यो सकियो आऊ अब यस्तो सोचौं ।

काँडासँग सुवास हुनुपर्छ आजबाट

Tuesday 16 August 2011

गजल

जिन्दगी अझै मेरो जुवा खालमा छ ।

लौ एउटा मुहार ऊ हेर झ्यालमा छ ।


आधारले यही एउटा रैछौं जोडिएको !

म आफ्नै तालमा छु ऊ आफ्नै तालमा छ ।


कसैले सोध्नै छोडे हालखबर अनि ।

चिन्दछ सबैलाई जो बेहालमा छ ।


तागत कहाँ जोख्ने छ र दिनेशमा ?

आकाशमा को छ र को पातालमा छ