Saturday, 17 July 2010

गजल

रहर यति कि, कोही आऊ मन सम्म ।

सधैं छापहरु , देखिए आँगन सम्म ।


मायामा सपना ,बाँधिने सिमाना छैन ।

तिम्रो गनगन र मेरो खटन सम्म ।


तर्किएर गयौ , लुकेर बोल्दछ फुर्ति ।

दैब यहि भेट ,जाओस् त बन्धन सम्म ।


केटाकेटी नै छ दिनेश लाग्यो अहिले ।

मायामा सोच्दैछ , त्यागूँ कि जिवन सम्म ।

2 comments:

  1. केटाकेटी नै छ दिनेश लाग्यो अहिले ।
    मायामा सोच्दैछ , त्यागूँ कि जिवन सम्म !!
    ------
    पख्नुस पख्नुस दिनेश जी जीवन त्याग्ने कुरा नगर्नुस है !

    ReplyDelete
  2. त्यसो गर्न पाईदैन है दिनेश सर।।। हाहा
    तर गजल पढ्न यतै आउनु पर्छ जे होस अनेकौ प्रयोग पढ्न पाइन्छ। पढ्न चाहि निकै मज्जा हुने यो गजल भन्ने कुरो..

    ReplyDelete