Saturday 29 May 2010


नदिझैं रगत, बगेको हुन्छ ।
लाग्दो हो तिम्लाई, बोलेको हुन्छ !

लेखेरै दिऊँकी त्यसैले जवाफ ।
भन्छन जे हुन्छ लेखेको हुन्छ ।


ईशारा, आँखामा त्यो छल कहाँ ?
शब्द छ त्यसैले ढाँटेको हुन्छ ।


तिर्सना मनको ,खहरेझै उर्ल्यो ।
जम्नेको के हुन्छ ? बग्नेको हुन्छ ।

बुझ्दैन दिनेश?समस्या कस्तो हो?
समय थपेनी ,टारेको हुन्छ ।