Wednesday 22 August 2012

गजल


  जति लगाइदिए पनि भैगो गफै त हो ।
जवाफदेही हुनुपर्ने भए पो ! गफै त हो ।

भन्न मन लाग्छ मन्दिर पुग्दा कहिले ।
चिन्या छस् तैंले म को हो ? गफै त हो ।

मेरा गजल पढेर महोदयले भन्नु भो ।
छोड लेख्न गर काम अर्को , गफै त हो ।

तिम्रा पछाडि लागिन्न अब मैले भने ।
नेता मुसुक्क हाँस्यो र भन्यो , गफै त हो ।

केटा-केटीमा तैंले देखिस् जे- जे सपना ।
भन्दे दिनेश सब पूरा भो , गफै त हो । 

Wednesday 8 August 2012

गजल


याद ओसारी शब्दका भेल आउँछन् ।
भाग्यमानीलाई बाँचुन्जेल आउँछन् ।

बाँच्नु भनेको लुट्नु हो , यस्ता बिचार ।
पहिले आउँदैनथे अचेल आउँछन् ।


दिनेश हारेर मुटु चुपचाप सोचिरह्यो ।
दुनियाँमा कस्ता-कस्ता खेल आउँछन् ।