Wednesday 1 April 2009

गजल

अरु को छ र ! भन्दिए हुन्थ्यो नि ।
तिम्रै हो भर भन्दिए हुन्थ्यो नि ।

काट्नेले जतिसुकै कुरा काटुन् ।
मान्दिन डर भन्दिए हुन्थ्यो नि ।

नबोल्ने नसुन्ने दैबलाई अब त ।
इँटा,पत्थर भन्दिए हुन्थ्यो नि ।


मेरो दैलोमा झुक्किएर पाइला पर्दा
यही हो घर भन्दिए हुन्थ्यो नि ।

बाँच्न सार्है गार्हो भो दिनेश हगि ।
लिन्छौ त जहर भन्दिए हुन्थ्यो नि ।

2 comments:

  1. मतला देखी चौथो सबै सेरहरु राम्रा छन । मक्ता पनि गजलको प्राबिधिक पक्षबाट हेर्दा त ठिक हो, तर माथि देखि सबै सेरहरुमा आशा जगाउँदै गएर अन्तमा 'जहर' को कुरा उठाँउदा निराशामा परिणत भएजस्तो लाग्यो ।
    सबैभन्दा दामी लागको चाहि:

    मेरो दैलोमा झुक्किएर पाइला पर्दा
    यही हो घर भन्दिए हुन्थ्यो नि ।


    अनी यो ले-आउटको भाषा 'बुझिने भाषामा' त राख्नु भएछ, तर यो हिन्दी भाषा भन्दा अंग्रेजी नै राम्रो होला जस्तो लाग्छ मलाई ।

    ReplyDelete
  2. धन्यबाद , दिलिप जी , तपाईंले भन्नु भएको कुरा सही हो । अगाडी याद गर्नेछु ।

    ReplyDelete