Sunday, 17 May 2009

गजल

पिडा मनमा बेरियो, अनि गजल केरियो ।
आफ्नो रहर शेरियो , अनि गजल केरियो ।

दोबाटोमा भेट हुने , अन्जान मायालुको
हिड्ने बाटो फेरियो , अनि गजल केरियो ।

आफ्नाहरु भाग्दैथिए ,जलाई मेरो घर ।
चुप तमाशा हेरियो , अनि गजल केरियो ।

आउँछन सुखहरु,भन्थे बाटो खोलिदे ।
काँडे तारले घेरियो ,अनि गजल केरियो ।

झुकाउनु पर्छ शिर ,अघि बढ्ने रहरमा
कहाँ कस्लाई टेरियो , अनि गजल केरियो ।

3 comments:

  1. दुखै दुख परेर लेखे पनि गजल बबाल बनेको छ ..

    ReplyDelete