Wednesday 2 December 2009

गजल

उनको बोली मिठो सुनिरहन्छु कुरा म ।
बुझेरै अझै फेरि बुनिरहन्छु कुरा म ।

सुनेर कति खुशी हुदिहोलिन आज त ।
दुनियाँ चाहारेर चुनिरहन्छु कुरा म ।

एकान्त अब कहाँ बाँकि छ र एकान्त ।
सम्झेर हिजोको त्यो गुनिरहन्छु कुरा म ।

मुहार टाढा हुँदा साहारा तिम्रो आवाज ।
पोख्दिन मनभित्रै थुनिरहन्छु कुरा म ।

बगेर छेउ टुप्पा भत्किएमा याद गर्नु ।
दिनेश भन्थ्यो सधैं तुनिरहन्छु कुरा म ।

7 comments:

  1. कति मिठो गजल...

    ReplyDelete
  2. धेरै सुन्दर गजल।
    मुहार टाढा हुँदा साहारा तिम्रो आवाज ।
    पोख्दिन मनभित्रै थुनिरहन्छु कुरा म ।
    बाह!! खुब जम्यो यसपालि पनि।

    ReplyDelete
  3. मायाबारे मायाले स्याहारेर लेखिएको गजल । पूर्ववत् यथावत् स्वाद छँदैछ ।
    तर तपाईंकै अघिल्ला गजलभन्दा चाही अलि जोडदार नबने जस्तो लाग्यो यो प्रस्तुति ।

    ReplyDelete
  4. एकान्तमा मनमनमै कुरा गुनी रहने (र उनकै बोली सुनिरहने :))गज़लको त्यो अन्तर्मुखी नायकले दिनेशजीको कल्पनालाई हैन उहाँलाई नै प्रतिबिम्बित गर्छ भन्ने मेरो ठहर हो ।

    ReplyDelete
  5. मायालु मज्जाले तिलमिलाउँछीन यी कुरा सुनेर...

    भावना गज्जबको छ | तर पढ्दा भने अलिक मज्जा आएन | मै मोराले कुरा नबुझेको को हुँ कि ?

    ReplyDelete
  6. प्रबेश जी ,दुर्जेय जी धन्यबाद । धाइबा जी ,मिलन जी कोशिस जारी छ कुनै दिन मीठो गजल लेख्ने सपना अझै सपनानै छ । कृष्ण जी हो र भन्या ?तपाईंको ठहरलाई गलत कसरी भन्नु दोधारमा परें म ।हेहेहेहे कमेन्टको लागि सबैलाई फेरि एकचोटी धन्यबाद ।

    ReplyDelete
  7. गजल त यहि परिवेशको राम्रो !!! राजनितिक, सामाजिक अनि अरू अरू कुरा लेख्नलाई त अरूनै विधाहरू प्रसस्तै छन् नि । दिनेशजीको गजल मनपर्छ मलाई । सधैँझैँ यो पनि मनपर्यो ।

    ReplyDelete