Sunday 6 December 2009

गजल

सुने भावीले भेटिन्छ भन्थे कसैले ।
केहि घाउले चेतिन्छ भन्थे कसैले ।

चुप रहेर हेर्दैछु आमा रोएको ।
घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।

जति सागर घुमेनि हुन्न निसान ।
हिड्या पाइला मेटिन्छ भन्थे कसैले ।

गर अन्याय मैमाथि न्याय नगर ।
सोझो बीचमा चेपिन्छ भन्थे कसैले ।

मागी आधार उसँग,परें भरोसा ।
ढुङ्गे देउता बेचिन्छ भन्थे कसैले ।

5 comments:

  1. भावनामा वगायो है यसले पनि!!
    'ढुङ्गे देउता बेचिन्छ भन्थे कसैले'
    वाह! वाह!

    ReplyDelete
  2. सबै शेरहरु उच्चकोटीका लागे त्यसमा पनि दोस्रो सेर एउटैले पनि यो गजललाई गज्जब वजन दिएको छ :
    चुप रहेर हेर्दैछु आमा रोएको ।
    घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।

    वाह! वाह! क्या शब्द संयोजन .... मानें !...

    ReplyDelete
  3. दिनेश जी नमस्कार !! भावयुक्त र रसिला गजलहरुको स्वाद लिन म पनि आइपुगे गजलकारको आगनमा | गजल भारी वजनदार पाए |

    ReplyDelete
  4. चुप रहेर हेर्दैछु आमा रोएको ।
    घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।

    अत्यन्त ओजिलो र वजनदार गज़ल ...
    मेरो शव्दमा म त झकास भन्छु ।

    ReplyDelete
  5. साह्रै मिठा शब्दहरुको संगालो क्या तपाईको मन। जे सोच्यो साह्रै मिलाएर मननै पग्लने गरि लेख्ने।
    चुप रहेर हेर्दैछु आमा रोएको ।
    घाँटी बोल्नेको रेटिन्छ भन्थे कसैले ।
    वाह!! दिनेशजी साहै चित्त बुझ्यो है।

    ReplyDelete