Wednesday 16 December 2009

गजल

एकपाटो काँढे तार, एकपाटो छुरा धार ।
बिर्सदैछु आँखा चिम्ली,नसोध है समाचार ।

बिसाएर आएँ भारी ,सुनकोशी तिर पारी ।
बढ्दैछ नि पीर लौन ,एक दुई तीन चार ।

जति नजिक भएँ म ,उति गहिरो गएँ म ।
आफैंलाई बिर्सि सकें ,नसम्झाऊ बारम्बार ।

हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।
मन छैन सफा भने नगर भो यो श्रृंगार ।

भन्थे बाले ए दिनेश ,पहिला आफूनै चिनेस् ।
बग्नु काल बगेपछि ,केको हार के गुहार ।

6 comments:

  1. दमदार !
    शानदार !!
    वजनदार !!

    ReplyDelete
  2. "हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।
    मन छैन सफा भने नगर भो यो श्रृंगार । "


    दिलीप दाई ले भन्नु भए जस्तै एक दम दमदार रहेको छ |
    - गजल गजल भएको छ ! दिनेश जी !!

    ReplyDelete
  3. हुन्छ रे सत्य हजार, बुझ्नेहरु अनुसार ।
    मन छैन सफा भने नगर भो यो श्रृंगार ।
    साह्रै सुन्दर गजल। बास्तबमा गजल गगल मात्र हैन गजल त गजबै भएको छ।

    ReplyDelete
  4. जति नजिक भएँ म ,उति गहिरो गएँ म ।
    आफैंलाई बिर्सि सकें ,नसम्झाऊ बारम्बार ।

    अहा! गज़ल उस्तै दमदार, सधै झैं ।

    ReplyDelete
  5. tapaile aafna gajal haru Bulbul Radio Program ma pathauna saknu hune chha tesko lagi tapai Bulbul ko website ma gayera samparka ma gayera ptahauna saknu hunechha.

    Please Visit: http://www.bulbulonline.com/

    ReplyDelete