Saturday 25 December 2010

२बर्ष

हिजोको राति थियो २ बर्ष अगाडिको जुनदिन मैले ब्लगमा पहिलो पाइला राखेको थिएँ , कागतका टुक्राहरुमा छरिने रचनाहरुले एउटा नोट भेटेका थिए , ब्लगको रुपमा ।
कम्पयुटर सम्बन्धी त्यति साह्रो ज्ञान नभएकोले नै हुनुपर्छ म त्यति ढिला भएको ब्लगको दुनियाँमा छिर्नलाई भन्ने पनि लाग्छ । रहर त उहिल्यै देखि थियो अहिले सम्झदाँ ।
यो २ बर्षको बीचमा धेरै कुराहरु सिकिएको छ , केहि कुराहरु बुझिएको छ , र थोरै कुराहरुको अनुगमन पनि गरिएको छ । आजको यो रातमा तिनै धेरै र थोरै कुराहरुको बीचमा रुमल्लिनु मन लागेको छ हेरौं यो दिनभरीको थकानले मेरो कति सम्म निंद थेग्न सक्छ । बिशेष लेख्न नै भनेर आजको यो पोष्ट शुरु गरेको हैन यहाँहरुमा यो जानकारी पनि गराउन चाहन्छु , यो २ बर्षमा के भयो त भन्ने कुराको जानकारी म आफैं स्वयम लाई पनि गराउन चाहन्छु यही शब्दहरु मार्फत । म जे लेख्दैछु केहि पल अघि सम्म सोचिएका थिएनन् जे मनमा आउँछ त्यस्लाई बिना संकोच यहिं लेख्दै जानेछु । यो मेरो सानो कथा ब्लग र मेरो ।
मेरो ब्लगको सुरुवात हुनुमा बसन्त गौतम जी को प्रभाव मलाई परेको थियो कि भन्ने लाग्छ , मैले ब्लग शुरु गर्नु भन्दा अगाडि अनेसास जापान मा हामी ले शायद एक कार्यकाल बिताइसकेका थियौं तर ब्यक्तिगत रुपमा उहाँसँग भेटघाट थिएन फोनमा शायद २-४ पल्ट कुराकानी भएको होला । यहिं जापान मा हुनु भएको कुनै साथीले उहाँको ब्लगको बारेमा मलाई जानकारी दिनु भएको थियो र उहाँको ब्लग हेरिसकेपछि मैले ब्लग बनाउनु पर्छ भन्ने सोच बनाएको थिएँ , आफ्ना मनमा लागेका कुरा बिधुतीय माध्यममा राख्नु , आफ्ना रचनाहरु साथीहरुमा बाँड्नु शायद यहि मेरो रहर भएको हुनुपर्छ ।
पहिलो पोष्ट ब्लगको नामाकरण (पहिले ब्लगको नाम चौतारी राखैको थिएँ ) गरिसकेपछि पुरानो आफ्नै रचना एउटा गजल राखें , त्यति बेला मलाई प्राबिधिक रुपमा धेरै कठीनाइ परेको अहिले पनि याद छ , ब्लगको फर्म्याट देखि रचना सेभ गर्ने सम्मका । यो तरंग मेरो लागि नौलो थियो र कोशिस गर्ने जाँगर पनि त्यहि भएर आजको दिन सम्म जेनतेन चलाइराखेको छु ।
त्यस्पछि रचना राख्ने क्रम र नयाँ साथीहरुको मा फलो गर्ने क्रम बढ्यो जो निरन्तर कायम छ , धेरै साथीहरु सँग घनिष्ठता रह्यो ब्लगको मार्फतबाट जस्तै : दिलिप आचार्य जी र भाउजु । अनि जापानमै रहनु भएका अर्जुन पौडेल जी , नेपालका जोतारे धाइबा , सुर्य न्यौपाने जी , दौंतरी ब्लग , गोकुल ढकाल , बेदनाथ पुलामी , मिलन लम्साल , चैतन्य , अशेष पौडेल ,दिपक जडित , कृष्ण थापा ,प्रबेश पौडेल ,राजेश बुढाथोकी नताम्स भाइ ,चुडामणी जी ,एकल यात्री , ठरकी दादा ,नेपोलियन ,प्रबिण थापा , हावा जी ,आकार अनि हालसालै केहि नयाँ मित्र हरु रबिन्द्र रिजाल , जितेन्द्र मल्ल , सुरेश खतिवडा , प्रमोद न्यौपाने ,आशांक , लगायतका साथीहरु सँग चिनापर्ची गफ र रचनाहरु र यस्का गुण अबगुणका पक्षमा कुराकानी भलाकुसारी भए , चिनजान भयो ।
यी सबै साथिहरु र यो २ बर्षमा यहाँको साथको लागि हार्दिक आभारी छु ।
आजभोलि पनि पुरानोमा धेरै पुराना साथीहरु अनि नयाँ केहि साथीहरुको पनि जोशले यो नेपाली ब्लग क्षेत्र चम्कीरहेझैं लाग्छ । यो जमर्को र साथ कहिल्यै नटुटोस यही रहर ।
मेरो रचना ब्लगको बिश्लेषण नभै खान्स्यानो किमोची ( धन्यबाद ज्ञापनको रहर ) मात्र हो । यस्लाई अन्यथा नलिइदिनुहोला । यो बीचमा मलाई साथ दिनु हुने हरेक हातहरुमा धन्यबाद ज्ञापन गर्न चाहन्छु ।

6 comments:

  1. दिनेश राज जी ब्लगको दुइ बर्षे यात्रा पार गर्नु भएकोमा हार्दिक बधाई छ !
    साथै आउदा दिनहरुमा अझ प्रगति ,निरन्तरता र सफलता प्राप्त होस् भन्ने शुभ कामना व्यक्त गर्दछु ! धन्यबाद !

    ReplyDelete
  2. सफलताका दुई वर्षका लागि हार्दिक बधाई र निरन्तरता र अझ प्रगतिको शुभकामना !!!

    ReplyDelete
  3. हार्दिक बधाई! र यात्राको निरन्तरताको मंगलमय शुभकामना!

    ReplyDelete
  4. साहास कम हुनाले भनु वा मेरो अल्क्षी बानीले भनु धेरै ब्लगहरुमा डुले पनि प्रतिक्रिया भने लेख्न सक्दिन वा लेख्दिन यो मेरो कमजोरी हो। प्राबिधिक कारणले गर्दा धेरै कुरा अनभिज्ञ पनि छु। यात्रा का सुस्केरा हरु मा छिरेर दिनेश जी का गजल पढ्ने लत भने मलाइ लागि सकेको छ। सफल २ बर्षे यात्राको लागि बधाई अनी आगामी दिनको लागि शुभकामना! हजुरको सिर्जनाहरुले हाम्रो मन सधैभरी जितिरहन सफल होस् नयाँ बर्ष २०११ को शुभकामना!!

    ReplyDelete
  5. आफु गजल लेख्न नजाने पनि गजल पढ्न रमाइलो लाग्छ मलाई | दिनेशजी पनि राम्रो गजलकार हुनुहुन्छ र म उहाँका गजल पढ्छु | २ बर्षे यात्राको बधाई र अझै लामो र सफल यात्राको शुभकामना !

    ReplyDelete
  6. बेदनाथ जी , दिलिप जी , बसन्त जी , प्रबिण जी चैतन्य जी यहाँहरुमा हार्दिक आभार ,यहाँहरुको साथको सदैब अपेक्षा मा छु ।

    ReplyDelete