Saturday 5 February 2011

गजल

ऊ खुशी छ हामीलाई ,छल्न सकेकोमा ।
हाँस्दैछु म खोटो सिक्का ,चल्न सकेकोमा ।

निराशाको के भो कुरो ,भैगो मानी दिऊँ।
दङ्ग छ मुखले चिप्लो , दल्न सकेकोमा ।

चोट लाग्यो गयौ छोडी , खुशी भएँ खुशी ।
पत्थर ठानेको दिल यो , जल्न सकेकोमा ।

1 comment:

  1. क्या बात छ दिनेश जी !
    निकै सुन्दर !
    "ऊ खुशी छ हामीलाई ,छल्न सकेकोमा ।
    हाँस्दैछु म खोटो सिक्का ,चल्न सकेकोमा ।"

    ReplyDelete