Thursday 3 March 2011

गजल

गाँउ छोड्ने त्यो जोशको राप बाँकी छ ।
केही आश केही पश्चाताप बाँकी छ ।

सपनामा बच्चाबच्ची आउँछन् सामु ।
लुगा छान्छु तौल सँगै नाप बाँकी छ ।


सिर्फ यत्ति , सुनाएमा पण्डित हुन्छ ।
धर्म सँग भोग्न धेरै पाप बाँकी छ ।

ए दिनेश के भोग्या होस् र फुर्ती तेरो ।
दिन रुपी पत्रमा लाहाछाप बाँकी छ ।

2 comments:

  1. यो पनि निकै राम्रो लाग्यो दिनेश दाइ !
    "गाँउ छोड्ने त्यो जोशको राप बाँकी छ ।
    केही आश केही पश्चाताप बाँकी छ ।"

    ReplyDelete
  2. धर्म सँग भोग्न धेरै पाप बाँकी छ। वाह वाह !

    ReplyDelete