Wednesday 4 July 2012

गजल


सत्य सत्कार हिजोआज उखान भएछन ।
हिजो ठगी भन्थे आज वरदान भएछन् ।


धेरै मेहेनत पछि दिए दर्शन मलाई ।
मेरा यारहरु पनि भगवान  भएछन ।

तिम्रो गाउँ भेटेपछि बढ्दैनन कतैपनि ।
मेरै खुट्टाहरु अब बेइमान भएछन ।


जिम्मेवारी बोध गर्ने उमेर हो र भन्छु ।
केही गल्तीहरु हो त जानाजान भएछन् ।

दिनेशले खुब जतनले बनाएथ्यो बगैंचा ।
होश आयो र देखें सब रछ्यान भएछन ।

2 comments:

  1. वाह दिनेश वाह ;)

    ReplyDelete
  2. दामी गजल !
    वाह! वाह!! नै भने मैले पनि । विशेष गरी दोस्रो र तेस्रो सेरको त कुनै जवाफ छैन !

    ReplyDelete