Wednesday 6 February 2013

गजल


सधैं भइरह्यो दोमन ,हुन्छ कि हुन्न ?
क्रान्ती पछि परिबर्तन हुन्छ कि हुन्न ?

बिर्से शहिदलाई सहिद बनाउनेले ।
साँच्चै मृत्युपछि जीवन हुन्छ कि हुन्न ?

वर्षौं त्यही छु जहाँ वर्षौं देखि थिएँ ।
महासय यो प्रतिगमन हुन्छ कि हुन्न ?

गरिबको जे-जे थियो सब खायौ सक्यौ ।
सर्कार तिम्लाई अमन हुन्छ कि हुन्न ?

1 comment:

  1. मजा आयो ।

    भन्नका लागि 'अमन हुन्न' भन्थ्यो होला सरकारले । तर बोल्न नसक्ने गरी उसको मुख टन्नमन्न छ ।

    ReplyDelete