Wednesday 10 April 2013

गजल

जे थियो भाग्यमा सारा हेरिरहेछु ।
तिम्लाई सम्झेर तारा हेरिरहेछु ।


जिन्दगी यस्तो नभए म केही हुन्थें ।
कति खुशी छ त्यो आवारा हेरिरहेछु ।


बिहान जब उडेथें गुँड छोडेर ।
चारा मलाई हेर्छ म चारा हेरिरहेछु ।


हो गल्ती यहीं त भयो मेरो ।
तिमी मान्छे , म नारा हेरिरहेछु ।


न्यायाधिशको कुर्सीमा आजभोलि
बिराजमान ज्यानमारा हेरिरहेछु ।

No comments:

Post a Comment