Friday 14 June 2013

गजल

उमेरसँगै म मा सरेका हुन दुख त ।


हजुरबा, बुबाले गरेका हुन दुख त ।


भाग्य त्यो एकातिर अर्को मेरो पौरख ।

साँढेको जुधाइमा परेका हुन दुख त ।


ढलाउन मलाई तिम्रो भगवानले ।

पाइला पाइलामा छरेका हुन दुख त ।


बेइमान त तिमी होलाऊ ऊ नि होला ।

समुन्द्र सँगसँगै तरेका हुन दुख त ।



दिनेशलाई दिनेश बनाउँछु भन्दै ।

मलाई खोज्दै धर्ती झरेका हुन दुख त ।

1 comment:

  1. dherai ramro...

    दिनेशलाई दिनेश बनाउँछु भन्दै ।

    मलाई खोज्दै धर्ती झरेका हुन दुख त ।

    ReplyDelete